आशा लघुवित्तको अध्यक्षमा बिष्णु मणि गौतम चयन
काठमाण्डौ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिष्णु मणि गौतम चयन भएका छन् । संस्थाको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सोहि बैठकले गौतमको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ ।

