आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।

