आज पनि नेप्सेमा उच्च कारोबारसहित उछाल, जानकार भन्छन्, ‘३२ सय विन्दुसम्मको बढाई स्वभाविक’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.४७ प्रतिशत अर्थात ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० प्रतिशतले बढेर ५१२.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता...

