गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ४०.०६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म कम्पनीले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि ७.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २५ करोड ४७ लाख रुपैयाँ रहेको...

