नेप्सेमा दोहोरो अंकको वृद्धि,नयाँ अर्थमन्त्रीलाई हरियो झण्डाले स्वागत
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३.५१ अंक अर्थात ०.६७ प्रतिशतले बढेर २ हजार ३०.५५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ३६०.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९...

