मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

