आईतवार, भाद्र १,२०८२ 03:43:28
IME remit
  • आईतवार, भाद्र १,२०८२ 03:43:28
IME remit
Global IME Bank Limited

आज उच्च अंकले बढेको बजारको आगामी दिशा कस्तो ?(प्राविधिक विश्लेषणसहित)

Hyundai Nepal
आज उच्च अंकले बढेको बजारको आगामी दिशा कस्तो ?(प्राविधिक विश्लेषणसहित)
Shivam Cement

काठमाण्डौ । आज सेयर बजारमा दिनभर करिब १३० अंकको उतारचढाव आयो । अघिल्लो दिन १४५ अंकले घटेको बजारमा आज भने १०८ अंकले सुधार आयो । प्रविधिक रुपमा आजको बजारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । तर यो क्याण्डल अघिल्लो दिनको रातो क्याण्डलभन्दा माथि जान भने सेकेको छैन ।  

आज अघिल्लो दिनको तुलनामा कारोबार भने ५ अर्ब ८१ करोडले घटेको छ । आज बजार बढेता पनि कारोबार भने घटेको छ । केही दिनदेखि उतारचढावपूर्ण रहेको बजारको आगामी बाटो भने अझै एक दूइ दिनको कारोबारले मात्रै प्रष्ट हुन सक्छ । आज करिब २७६० विन्दुमा बन्द भएको बजार आगामी कारोबारमा यदि यस अघिको पनि उच्च विन्दु २८१६ भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले अझै थप उचाई लिन सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर बजारले यो विन्दुलाई ब्रेक गर्न नसकेको खण्डमा भने बजार साइडवेज पनि चल्न सक्छ । बोलिङ्गर ब्याण्डमार्फत हेर्दा बजार हाल अपर ब्याण्ड र मध्य ब्याण्ड बीचमा चलेको छ । म्याक्डी मार्फत बजारलाई नियाल्दा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर एमएसीडी लाइन र सिग्नल लाइनबीचको दुरी भने विस्तारै कम हुँदै गएको छ । हिस्टोग्राम छोटा–छोटा हु्ँदै गएका छन् ।  

आरएसआई भने ओभर बट जोनमा नै चलेको छ । तर यसले भने वियरिस डाइभर्जेन्स देखाएको छ । मनी फ्लो इन्डेक्सबाट हेर्दा मनी फ्लो इन्डेक्सले पनि बजारको मोमेन्टम बिस्तारै केही कमजोर हु्ँदै गरेको देखिन्छ । यस कारण बजारको आगामी  दिशा अझै एक दुइ कारोबार पछि मात्रै प्रष्ट हुनसक्छ । पिभट् मार्फत आजको बजारलाई हेर्दा आज पिभट् प्वइन्ट भन्दा माथि बन्द भएको बजारले क्रमशः २८३८,२९२१,३०३७ विन्दुमा प्रतिरोध सामना गर्नेछ । त्यसैगरि बजारले क्रमशः २६४०,२५२३ र २४४० विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.