सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको दोश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ । पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो । सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो ।

