सर्वोत्तमको सेयरमूल्यमा लगातार तेश्रो अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको तेश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ । पहिलो र दोश्रो दिन झै तेश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो । सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६७.२० रुपैयाँले मूल्य बढेको हो ।

