यो साता २०० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी साता ?
काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७८१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७१९ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ६१.२३ अंकले घट्यो । अघिल्लो साता २३ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...

