अस्पतालबाट अदालतमा ‘भर्चुअल’ उपस्थित हुँदै ओली, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमै राखेर कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको हो।

