सेयरबजार ३८.१९ अंकले बढ्यो, सबै समूहमा हरियाली
काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.३९ प्रतिशत अर्थात ३८.१९ अंकले बढेर २ हजार ७८३.८५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले बढेर ४७३.४१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३२ वटा स्क्रिप्टका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१...

