Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:34:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो

Laxmi Sunrise Bank Limited
मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो
Shivam Cement

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको समग्र वित्तीय अवस्था सुधारिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन, ईपीएस र विद्युत बिक्री आम्दानी जस्ता सूचकहरुमा प्रगति हासिल गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीको नाफा ३ करोड १ लाखमा सीमित थियो ।

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर १४ करोड ८६ लाख पुगेको छ । यस्तै कम्पनीले ६१ लाख ५६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीले २ करोड ९४ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ८ करोड ५८ लाख रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.७६ रुपैयाँबाट बढेर ७.८० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ८७.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.५५ गुणा र तरलता अनुपात ६.४० प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.