बुधबार, असार १८,२०८२ 06:46:38
  • बुधबार, असार १८,२०८२ 06:46:38
Global IME Bank Limited

प्राविधिक रुपमा इन्भेष्टमेन्ट समूहका ७ वटा कम्पनीको अवस्था कस्तो ?

Hyundai Nepal
प्राविधिक रुपमा इन्भेष्टमेन्ट समूहका ७ वटा कम्पनीको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा सूचिकृत १३ वटा उप–समूह मध्ये लगानी समूह अधिकांश लगानीकर्ताको रोजाइको क्षेत्र हो । यो समूहमा ७ वटा कम्पनी रहेका छन् । यो समूहअन्तगर्त सीईडीबी होल्डिङ लिमिटेट ( सीएचडीसी ) , नागरिक लगानी कोष , इमर्जिङ नेपाल लिमिटेड , हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेड , एचआइडिसिएल , निफ्रा र एनआरएन जस्ता कम्पनी रहेका छन् । यो समूहको नेप्सेमा साढे ७ प्रतिशत बजार हिस्सा रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा कस्तो ?  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआइ  

यो समूहमा अघिल्लो साता शुटिङ स्टार बनाए खसेको थियो । त्यसपछि लगातार खसेको यो क्षेत्रमा आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा  हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर न्यूट्रल जोनमा चलको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो समूहमा तीव्र बिक्री दबाब चलेको देखिन्छ ।  

सीईडीबी होल्डिङः

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआइ  

अघिल्लो साता बोलिङ्गरको अपर ब्याण्ड छोडेको यो कम्पनीले त्यसपछि मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ  । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर ६० को तहमा चलको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीमा तीव्र बिक्री दबाब चलेको देखिन्छ । यदि मध्य ब्याण्डबाट पनि तल खसेको खण्डमा यो कम्पनीको सेयर भाउ तल्लो ब्याण्ड २ हजारसम्म पनि आउन सक्छ ।  

सीआईटीः  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यो कम्पनीको सेयर भाउमा अघिल्लो साता शुटिङ स्टार बनाएर खसेको थियो । त्यसपछि लगातार खसेको यो कम्पनीमा आज मध्य ब्याण्डमा सपोर्ट लिएको छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर न्यूट्रल जोनमा चलको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीमा तीव्र रुपमा बिक्री दबाब चलेको देखिन्छ । आगामी दिनमा यो कम्पनीको सेयर भाउमा बिक्री दबाब आएको खण्डमा कम्पनीको सेयर भाउ तल्लो ब्याण्ड अर्थात १९ सयसम्म पनि आउन सक्छ ।  

इमर्जिङ नेपाल लिमिटेडः  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यो कम्पनीमा अघिल्लो साता शुटिङ स्टार बनाए खसेको थियो । त्यसपछि लगातार खसेको यो कम्पनीको सेयर भाउ आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर ४० को तहमा चलको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्नपीमा पनि तीव्र रुपमा बिक्री दबाब चलेको देखिन्छ । बजारमा अझै बिक्री दबाब कायम रहेमा यो कम्पनीको सेयरभाउ ११ सयसम्म पनि आउन छ ।  

हाथवे इन्भेष्मट मेन्ट कम्पनी लिमिटेडः  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यो कम्पनीको सेयर अघिल्लो साता डार्क क्लाउड बनाएर खसेको खसेको थियो । त्यसपछि लगातार खसेको यो कम्पनीमा आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीमा वियरिस त्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर ४१ को तहमा चलेको  छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो समूहमा तीव्र रुपमा बिक्री दबाब चलेको देखिन्छ ।

  

एचाईडीसीएलः  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआइ  

यो कम्पनीको सेयरमा पनि अघिल्लो साता शुटिङ स्टार बनाए खसेको थियो । त्यसपछि लगातार खसेको यो कम्पनीमा आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीमा बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर न्यूट्रल जोनमा चलको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीमा तीव्र रुपम बिक्री दबाब चलेको देखिन्छ ।  

निफ्राः  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआइ  

प्राविधिक रुपमा यो कम्पनीको सेयरले पनि आज मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । आज यो मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनाएको कारण मूल्यमा रिभर्सलको संम्भावना रहन्छ । म्याक्डीमा बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ४८ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा पनि बिक्री दबाब परेको देखिन्छ । यदि आगामी दिनमा पनि यो कम्पनीको सेयर भाउमा गिरावट आएर मध्य ब्याण्ड छोडेमा कम्पनीको सेयर भाउ २५० सम्म पनि आउन सक्छ ।  

एनआरएनः  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो कम्पनीको सेयर पनि आज मध्य ब्याण्डबाट तल खसेको छ । म्याक्डीमा बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन् । आरएसआईमा पनि बियरिस डाइभर्जेन्स बनाएर खसेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनी पनि बिक्री दबाब चलेको देखिन्छ । यदि आगामी दिनमा पनि करेक्सन चलेमा कम्पनीको सेयर भाउ प्रतिकित्ता १३ सयसम्म पनि आउन सक्छ ।  

निष्कर्षः यस क्षेत्रका ७ वटै कम्पनीहरुलाई प्राविधिक रुपमा नियाल्दा तीव्र बिक्री दबाब चलेको देखिन्छ । आज यस क्षेत्रमा मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर बनेको देखिन्छ । यदि आगामी कारोबारमा यो क्षेत्रमा बुलिस क्याण्डल बनेको खण्डमा अप ट्रेन्डको सम्भावना पनि रहन्छ । तर आगामी क्याण्डलले मध्य ब्याण्ड छोडेमा भने केही अंक गुमाउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.