बुधबार, असार १८,२०८२ 08:39:33
  • बुधबार, असार १८,२०८२ 08:39:33
Global IME Bank Limited

चुक्तापूँजी पुर्याउन ब्रोकरहरुलाई हम्मेहम्मे, मर्जर निर्देशिकामा अलमल गर्दै धितोपत्र बोर्ड

Hyundai Nepal
चुक्तापूँजी पुर्याउन ब्रोकरहरुलाई हम्मेहम्मे, मर्जर निर्देशिकामा अलमल गर्दै धितोपत्र बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । ब्रोकरहरुलाई पूँजी बढाउन सहज हुनेगरि तयार भएको मर्जरसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट आगामी सातासम्म आउने भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार हाल मस्यौदा तयारी अन्तिम चरणमा अवस्थामा रहेको छ ।  

अब बस्ने धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकपछि निर्देशिका तयार भएर आउने प्रवक्ता घिमिरेले जानकारी दिए । तर एक ब्रोकरले भने धितोपत्र बोर्डले मर्जर निर्देशिका तयार पार्न ढिलो भईरहेको गुनासो गरे । यसरी निर्देशिका तयार पार्न बिलम्ब हुँदै गएमा ब्रोकरहरुलाई थप समय आवश्यक पर्न सक्ने पनि ति ब्रोकरले बताए । हाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई यस आर्थिक वर्षको असार मसान्तसम्म तोकेको पूँजी पुर्याउन समय दिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरुलाई हम्मेहम्मे परेको छ ।  यही असहजतालाई सम्बोधन गर्न गरि धितोपत्र बोर्डले मर्जर निर्देशिका तयार पार्दैछ । जसलाई अब धितोपत्र बोर्डले स्वीकृत गर्नु पर्ने छ ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

नयाँ ब्रोकरहरु भने २० करोडका चूक्तापूँजी पुर्याएर नै धितोपत्र बजारमा आएका छन् ।  

धितोपत्र व्यवसायी नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको ५ औं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.