डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ । आज एक यूरो खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.६५ रुपैयाँ र बिक्रीदर १८०.४२ रुपैयाँ कायम छ ।