आज घट्यो डलरको मूल्य, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउ आज भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको थियो ।