घट्यो डलरको भाउ, पाउण्ड र यूरोको भने बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।