यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १५५.०३ रुपैयाँ र बिक्रीदर १५५.७१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.३६ रुपैयाँ र बिक्रीदर १८४.१७ रुपैयाँ कायम छ ।

