बुधबार, बैशाख १७,२०८२ 02:35:29
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 02:35:29
आज बजारबाट १०० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट १०० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत १०० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम थियो ।  

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम थियो ।  

रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?
BANKING

रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण रिभर्स रिपो हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको यस बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी
NEPAL RASTRA BANK

गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी

काठमाण्डौ । गभर्नर महा प्रसाद अधिकारी भारतमा आयोजित दक्षिण एशियाली केन्द्रीय बैंकका गभर्नरहरुको उच्चस्तरिय सम्मेलनमा सहभागी भएका छन् । गभर्नर अधिकारी मंसिर ६ देखि ७ गते सम्म भारतको मुम्बईमा आयोजित High-Level Policy Conference of Central Banks from the Global South मा सहभागी भएका हुन् । भारतीय रिजर्भ बैंकले आफ्नो स्थापनाको ९० औं वर्षका अवसरमा आयोजना गरेको उक्त सम्मेलनमा ग्लोबल साउथका केन्द्रीय बैंकका गभर्नर...

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि अमेरिकी डलरको यही दर कायम थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ कायम भएको छ ।  

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ७ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम थियो ।  

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता
NEPAL RASTRA BANK

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको रुपमा मान्यता दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१) मा व्यवस्था भएबमोजिम ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको हुँदा सोही बमोजिम गर्न/गराउन विदेशी...

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता
NEPAL RASTRA BANK

गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् ।  जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् ।  राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ४० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ४० अर्ब झिक्दै

काठमाण्डौ । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।  यसअघि गत कात्तिक ३० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.३४ रुपैयाँ कायम भएको थियो ।  

चालु खाता रु.१.११ खर्बले बचतमा
NEPAL RASTRA BANK

चालु खाता रु.१.११ खर्बले बचतमा

काठमाण्डौ । चालु आवको ३ महिनामा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?
NEPAL RASTRA BANK

रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिपो’ हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंक तथा वित्तीय संस्थाको) नेपाल राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको...

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ कायम भएको छ ।  

जीडीपी ३.५४% ले बढेको अनुमान, उपभोक्ता मुद्रास्फीति ५.४४%
NEPAL RASTRA BANK

जीडीपी ३.५४% ले बढेको अनुमान, उपभोक्ता मुद्रास्फीति ५.४४%

काठमाण्डौ । विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)द्वारा २०२४ अक्टोबरमा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत...

बजारमा पैसा फालाफाल, आज राष्ट्र बैंकले ५० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल, आज राष्ट्र बैंकले ५० अर्ब झिक्दै

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८७ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.