२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा उपसूचक ०.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६३ प्रतिशतले बढेको छ ।...