ओम मेगाश्री फर्मास्युटिकल्सलाई आइपीओ निष्कासनको अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक कम्पनीलाई आइपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गर्नेछ ।