बुधबार, असार १८,२०८२ 12:50:10
  • बुधबार, असार १८,२०८२ 12:50:10
Global IME Bank Limited

नेप्सेमा २७ महिनापछि कै बुलिस क्याण्डल, कस्तो रहला अबको यात्रा ?

Hyundai Nepal
नेप्सेमा २७ महिनापछि कै बुलिस क्याण्डल, कस्तो रहला अबको यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २४२४.३२ विन्दुमा बन्द भएको बजार यो साता २५६८.१३ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १४३.८१ अंकको बढोत्तरी आयो  ।

अघिल्लो साता बजारमा करिब २१९.७१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च  ७३.०७ अर्बको कारोबार भयो । यो भनेको २०७८ साल भदौ महिनामा भएका उच्च कारोबार पछिकै बढी हो । त्यो समयमा एकै सातामा ९७.५९ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा बढोत्तरी आयो । अघिल्लो साताको तुलनामा यो साता बजार बढ्दा कारोबार पनि बढ्यो । यो साता बजार पूँजीकरण ४०.७४ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३८ खर्ब ४६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति २ खर्ब २८ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः

क्याण्डल स्टिकको आधारमा  

यो साताको बजारलाई हामीले विभिन्न समय अवधिका आधारमा क्याण्डल स्टिकबाट पनि विश्लेषण गर्ने प्रयास गरेका छौं । मन्थ्ली बेसमा बजारलाई नियाल्दा जुलाई महिनामा सेयरबजारले निकै ठूलो फड्को मार्यो । यो महिना मात्रै सेयर बजारमा ५२८ अंकको सुुधार आयो । यस महिना बनेको क्याण्डलले यस अघिका २७ महिना बनेका क्याण्डलहरुलाई ढाकेर बजार यस भन्दा माथि लागेको छ । क्याण्डल स्टिकको आधारमा यो महिनाको बजारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । साप्ताहिक रुपमा पनि बजार ४ साता लगातार बढ्यो । यो साता २५६८ विन्दुमा बन्द भएको बजारले बुलिस प्रकृतिकै क्याण्डल बनाएको छ । डेली क्याण्डल बेसमा हेर्दा भने यो साताको बजार बुलिस नै रहेको देखिन्छ । यद्यपी बजारले २६६० विन्दु आसपासमा सामान्य प्रतिरोध सामाना गर्न सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा पनि बजार ५५ को तहमा बुलिस नै रहेको देखिन्छ । तर बजार बुलिस रहेता पनि कमजोर नै रहेको छ । फियर एण्ड ग्रिड मिटरमा यदि बजार ७० भन्दा माथि रहेमा स्ट्रङ बुलिस र २०  भन्दा तल रहेमा स्टङग वियरिस मानिन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई 

बोलिङ्गर ब्याण्डको आधारमा साप्ताहिक रुपमा हेर्दा अपर ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । डेली बेसमा भने यो साताको अन्तिम कारोबारमा बजारले अपर ब्याण्ड छोडेको देखिन्छ । म्याक्डीमा भने बजर बुलिस नै रहेको छ । आरएसआई भने हाल ७७ को ओभर बट जोनमा चलेको छ । बुलिस बजारमा यस्तो विन्दु लामो समयसम्म ओभरबट जोनमा नै चल्न पनि सक्छ । समग्रमा ३ वटै इन्डिकेवटरबाट नियाल्दा बजार बुलिस नै रहेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२६७३

प्रतिरोध २ –२६३६

प्रतिरोध १– २५६५

पिभट् प्वइन्टः २५४९

घटेमा सपोर्ट  

सपोर्ट १– २४९९

सपोर्ट २– २४६३

सपोर्ट  ३ –२४१२

निष्कर्ष ः  अघिल्लो सातामा करिब २२० अंकले बढेको बजारमा यो साता करिब ७३ अंकले बढ्यो । बजार बढ्दा कारोबार पनि बढ्दै गएको छ । यो साता पनि प्राविधिक रुपमा बजारलाई इलिअट वेभबाट नियाल्दा माइनर डिग्री तेस्रो वेभ चल्दै गरेको र यसले आगामी साता पनि निरन्तरता पाउन सक्छ  । यद्यपी आगामी साता तेस्रो वेभ सकेर चौंथो वेभको करेन्सन आउन पनि सक्छ । जसलाई यो.साता बनेका विभिन्न इन्डिकेटर तथा कारोबार र भोल्युममले पनि पुष्टि गरेको देखिन्छ । यसकारण यदि आगामी साता बजारमा करेक्सन आउँछ भने त्यसले बजार थप मजबुत नै हुनेछ । इलिअट वेभबाट हेर्दा आगामी साता २६ सयदेखि २६६० विन्दु आसपासबाट तेस्रो वेभ सकिन सक्छ । बजारलाई विभिन्न इन्डिकेटर तथा डाउ थेउरीबाट नियाल्दा पनि बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ ।  

यो साता सेयर बजार ऐतिहासिक बन्यो । करिब ३ वर्षदेखि १८ सयदेखि २२ सयसम्म चलेको बजारले यस अघिका प्रतिरोध ब्रेक गरेर २६६८ विन्दुमा बन्द भयो । कारोबार तथा भोल्युममा पनि ३ वर्षपछि कै उच्च रह्यो ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.