नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार
काठमाण्डौ । आज कारोबारको पहिलो दिनमा नेपाल स्टट एक्सचेञ्जमा दोहोरो अंकमा उछाल आएको छ । गत बिहिबारकै बजार सेन्टीमेन्टलाई कायम राख्दै आज नेप्सेमा उछाल आएको छ । कारोबार सकिन १ घण्टा बाँकी रहँदा नेप्से करिब २५ स्य विन्दु नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७० प्रतिशत अर्थात ६५.५६ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ४९०.५२ विन्दुमा पुगेको छ...