आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ, भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।