शुक्रबार, असार २०,२०८२ 12:32:44
  • शुक्रबार, असार २०,२०८२ 12:32:44
Global IME Bank Limited

सिन्धु विकास बैंकको सेयरमा ‘बुलिस प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
सिन्धु विकास बैंकको सेयरमा ‘बुलिस प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालका १५ विकास बैंकहरुमध्ये सिन्धु विकास बैंक पनि एक हो । यो विकास बैंक विसं २०६७ सालमा सिन्धुपालञ्चोक उद्योग वाणिज्य संघको अगुवाइमा स्थापित बैंक हो । यस बैंकका १ लाख ४० हजार भन्दा बढी ग्राहक र २६ वटा ब्राञ्चहरु रहेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । त्यसैगरि, रिटेन अर्निङ २४ करोड ३९ लाखबराबर नकारात्मक रहेको छ ।  

कम्पनीको खुद मुनाफा ७ करोड ८४ लाख ५१ हजार वितरणयोग्य मुनाफ २४ करोड ३८ लाखबराबर नकारात्मक नै रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ, बुक भ्यालु करिब ८० रुपैँया मात्रै रहेको यो कम्पनीको खराब कर्जा ८.६४ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा यो कम्पनीको सेयरमा आज बुलिस प्याटर्न मर्निङ स्टार प्याटर्न बनेको छ । मर्निङ स्टार प्यार्टन भनेको अघिल्लो क्याण्डल रातो क्याण्डल बीचमा डोजी प्रकृतिको क्याण्डल बन्छ र त्यसपछि बुलिस मारुबुजु क्याण्डल बन्छ भने त्यसलाई ‘मर्निङ स्टार’ भनिन्छ । यसले कम्पनीको सेयर भाउ सम्भावित रुपमा बढ्ने संकेत गर्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डमा चलेको देखिन्छ । आज तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यसैगरि, म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम फिक्का र छोटा–छोटा ह्ुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ३५ को तहमा पुगेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ हाल बुलिस यात्रामा चल्दै गरेको देखिन्छ ।  

 

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४६८

प्रतिरोध २ – १३५७

प्रतिरोध १–  १०५०

पिभट् प्वइन्टः १०४०

घटेमा सपोर्ट  

सपोर्ट १– ८३३

सपोर्ट २– ७२३

सपोर्ट  ३ –५१६

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी हाल ठीकै देखिन्छ । कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख रहँदा वितरणयोग्य मुनाफा नकारात्मक रहेको छ । खराब कर्जा ८.६४ प्रतिशत रहेको छ । कम्पनीले २०२० देखि कुनै पनि लाभांश वितरण गर्न सकेको छैन । यस कारण यो कम्पनी दीर्घकालको लागि खासै उपयुक्त देखिदैन । तर अल्पकालका लागि भने ‘मर्निङ स्टार प्याटर्न’ बनेको कारण इन्ट्रीका लागि उपयुक्त हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.