बुधबार, असार १८,२०८२ 10:23:44
  • बुधबार, असार १८,२०८२ 10:23:44
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा‘डोजी स्टार’, के होला अब सेयर बजार ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा‘डोजी स्टार’, के होला अब सेयर बजार ?
Nabil Bank Limited

काठमाण्डौं । दिनभर समान्य अंकले तल माथि गरेको बजार अन्तमा झिनो अंकले घटेर बन्द भयो । आज कारोबार पनि ३ अर्ब माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा  वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ । यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भै हालेको अबस्था भने होइन ।  

यदि आगामी बजार २०५०  भन्दा माथि टिकेर कारोबार हुन्छ भने आज बनेको डोजी स्टार भ्यालिड हुन जाने छ । अर्थात मर्निङ स्टार बनेको मानिने छ । आगामी कारोबारमा भोलुम सहित नेप्से २०६० भन्दा माथि बन्द भएमा अझै निश्चित हुने छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तर आगामी कारोबारमा नेप्से आजको न्यून विन्दु २०२५ भन्दा तल बन्द भएको खण्डमा भने अझै करेक्नस नसकिएको मान्न सकिन्छ । बोलिङगर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा-लामा नै हुँदै गएका छन् ।  

आरएसआई बाट नियाल्दा आज ३९ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले करिब बटम लगाउँदै गरेको देखिन्छ तर निश्चित भने भै हालेको अबस्था भने होइन । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा नजिकको सपोर्ट २०२२, १९८८ र १९६० मा रहेको छ । बढेमा भने २०७५,२०९५ र २१३०  मा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.