बिहीबार, असार १९,२०८२ 06:49:13
  • बिहीबार, असार १९,२०८२ 06:49:14
Global IME Bank Limited

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी

Hyundai Nepal
धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी
Nabil Bank Limited

काठमाण्डौ । भित्रभित्रै तीव्र मोलमोलाई हुँदै गरेको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषय अन्यौलमा परेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चाहनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति बनाए पनि त्यसले गरिरहेको कामको विषयमा तालुकदार निकायहरु भने बेखबर छन् ।  

भित्रभित्रै तीव्र मोलमोलाई चलिरहेको धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्न चाहनेले ४० करोड रुपैयाँसम्म बुझाउनुपर्ने शर्त आएपछि केही औद्योगिक घरानाहरुले आफ्ना प्रिय पात्रहरुलाई अगाडि बढाउन थालेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

खासमा सत्ता साझेदार दलबीच विभिन्न सार्वजनिक निकायहरुमा नियुक्तिको विषयमा यसअघि नै भागबण्डा मिलिसकेको छ । भागबण्डाअनुसार धितोपत्र बोर्डको अध्यक्ष माओवादीले पाएको छ । यहीकारण पनि कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनौट प्रक्रिया कहाँ पुग्यो, कुनै जानकारी छैन ।  

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार माओवादीको भागमा धितोपत्र बोर्डको अध्यक्ष परेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले ग्रिन सिग्नल दिएपछि मात्र काम अगाडि बढ्नेछ ।  

ती अधिकारीले कतिपय मिडियाहरुले बोर्ड अध्यक्षका लागि ४० करोडसम्म मागिएको कुुरा खुलासा गरिदिएपछि यो विषयले समेत प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेको छ । ‘एकातिर प्रधानमन्त्री स्वयम् सुशासन कायम गराउन सक्रिय हुनुहुन्छ । तर उहाँकै आसपासका व्यक्तिहरुले धितोपत्र बोर्डको अध्यक्षका लागि बार्गेनिङ सुरु गरेको विषय बाहिरिएपछि उहाँलाई समस्या भएको हामीले बुझेका छौं । यहीकारण पनि ढिलो भएको हो कि ।’ अर्थका ती अधिकारीले बिजशालासँग भने–‘धितोपत्र बोर्डका अध्यक्ष नहुँदा बजारमा अराजकताले सीमा नाघेको विषयमा तपाई(मिडिया)हरुको खबरदारी दैनिकजसो आइरहेको छ । यस्तो अवस्थामा बोर्डको अध्यक्ष चाँडो नियुक्त गरेर सर्वसाधारणलाई ठगिनबाट जोगाउनुपर्नेमा ढिलाई गर्नु न्यायोचित हुँदैन ।’  

यसमा त अर्थमन्त्रालयले नै पहल लिनुपर्ने विषय होइन र ? भन्ने प्रश्नमा ती अधिकारीले भने–‘यो अर्थमन्त्री लेभलको कुरा होइन । त्योभन्दा हाई लेभलको कुरा भयो । यसमा अर्थमन्त्री ज्यूले गर्नसक्ने केही पनि छैन ।’  

प्रधानमन्त्री निकट स्रोतका अनुसार धितोपत्र बोर्डको नयाँ अध्यक्ष ढिलोमा एक महिनाभित्र बजारले पाइसक्नेछ । ‘प्रधानमन्त्री स्वयम् पछिल्लो समय बजारमा बढेको अराजकता र सबै कुरा सहज हुँदा हुँदै पनि लगानीकर्ताको मनोबलमा आएको गिरावटका कारण चिन्तित हुनुहून्छ ।’ प्रमको सचिवालयका एक सदस्यले भने–‘सुशासन कायम गराउने र बजारलाई अनुशासित बनाउने विषयमा प्रधानमन्त्रीको प्रष्ट नीति र निर्देशन छ । कसैले दायाँबाया गरे कानूनले छाड्ने छैन ।’  

को बन्ला नयाँ अध्यक्ष ?

विभिन्न स्वार्थ समूहहरुको तीव्र चलखेल र माओवादी नेतृत्वको चाहनालाई आधार मान्दा अहिले पनि धितोपत्र बोर्डको अध्यक्षमा दुईजनाको नाम नै प्रवल सम्भावना रहेको छ ।  

पहिलो नाम बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईंको रहेको छ । उनी माओवादीका प्रिय पात्र हुन् । उनलाई पछिल्लो समय केही औद्योगिक घरानाले स्पोन्सर्ड गरिदिने वचन दिइसकेका छन् । यसकारण उनको सम्भावना निकै बलियो देखिन्छ ।  

अर्का सम्भावित पात्र हुन् सुशील भट्ट । उनी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । उनलाई पनि सदाबाहर चलखेल गर्ने गिरोहले अगाडि बढाएको छ । उनी धितोपत्र बोर्डको अध्यक्ष भएर काम गर्न इच्छुक देखिएका छन् ।  

यसअघि लगानीबोर्डको सीईओ भएकै बेला महाप्रसाद अधिकारीलाई तत्कालीन सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गरेको थियो । सुशील भट्ट पनि अधिकारी जसरी नै लगानी बोर्डलाई बीचैमा छाडेर पूँजी बजारको नियामक धितोपत्र बोर्डमा आउन चाहेका छन् ।  

उनलाई बोर्डको अध्यक्ष बनाउने अभियानमा उनकै भाई दीपक भट्ट सक्रिय छन् ।  

यसअघि दीपक भट्ट र केही औद्योगिक घरानाहरुको डिजाइनमा रमेश हमाललाई धितोपत्र बोर्डको अध्यक्ष बनाइएको थियो । हमाललाई नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी सो समूहले अध्यक्ष बनाएको थियो । तर, अन्तिम अवस्थामा समेत हमालले नयाँ स्टक एक्सचेञ्जको अजेण्डालाई कार्यान्वयनमा ल्याउन सकेनन् ।

अब बन्ने अध्यक्षलाई नयाँ स्टक एक्सचेञ्ज ल्याउनेसहितको शर्तमा चलखेल गर्न माहिर गिरोहले अगाडि बढाउन चाहेको छ । यस्तो चलखेलमा दीपक भट्ट निकै अगाडि छन् । उनलाई कतिपयले निकै प्रभावशाली बिचौलिया पनि भन्ने गरेका छन् ।  

जुनसुकै दलको सरकार आए पनि काम गराउनसक्ने कलाका कारण दीपक भट्टले आफ्नै दाई सुशील भट्टलाई बोर्ड अध्यक्ष बनाउने प्रवल सम्भावना रहेको स्रोतहरु दाबी गर्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.