बुधबार, असार १८,२०८२ 12:10:52
  • बुधबार, असार १८,२०८२ 12:10:52
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘राइजिङ थ्रि प्याटर्न’ बन्दै, बजार बुलिस बन्ने संकेत

Hyundai Nepal
नेप्सेको चार्टमा ‘राइजिङ थ्रि  प्याटर्न’ बन्दै, बजार बुलिस बन्ने संकेत
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा करिब २५ अंकको सुधार आयो । बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । नेप्सेमा बनेका पछिल्लो पाँच क्याण्डल स्टिकलाई नियाल्दा नेप्सेको चार्टमा राइजिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ ।  

यस्तो प्याटर्नमा पाँच वटा क्याण्डल स्टिक हुन्छन् । जसमा पहिलो र पाँचौ क्याण्डल बुलिस बन्ने गर्छन भने बीचका ३ वटा क्याण्डल वियरिस अर्थात रातो क्याण्डल बन्ने गर्छन् । पाँचौ क्याण्डल अर्थात आजको क्याण्डल जति ठूलो बन्यो त्यति नै बजार मजबुत रहेको भन्न सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसको अर्थ आजको बजार २६६५ विन्दुभन्दा माथि बन्द भएको खण्डमा बजार अझै बलियो तथा मजबुत रहेको बुझिन्थ्यो । यसमा कारोबारीहरुले पहिलो क्याण्डलको उचाइ भन्दा माथि पाँचौ क्याण्डलले ब्रेक गरेपछि बजारमा इन्ट्री गर्ने रणनीति हुन्छ । यद्यपी आजको क्याण्डल बुलिस मारुबुजु क्याण्डल बनेको कारण पनि बजारमा केही सुधार हुँदै गरेको देखिन्छ ।  

बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि पछिल्लोपटक २५७५ विन्दुमा सपोर्ट बनाएर फर्केको बजारले करिब २५९० विन्दुमा पहिलो हायर लो र २६३० विन्दुमा दोस्रो हायर लो कन्फर्मेसन गरको छ । जसलाई पछिल्लो सेयर कारोबारले पनि सपोर्ट गरेको देखिन्छ । यस हिसाबले प्राविधिक रुपमा राइजिङ थ्रि प्याटर्न बनाएको बजारले बिस्तारै बुलिस यात्रा तय गर्दै गरको बुझिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.