बुधबार, असार १८,२०८२ 11:24:07
  • बुधबार, असार १८,२०८२ 11:24:07
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’, के होला अब बजार ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साताका सुरुवाती तीन कारोबारमा बजार लगातार तीन दिननै बढेको छ । यो अवधिमा नेप्सेमा ६२.११ अंकको सुधार आएको छ । नेप्से बढ्दा कारोबार तथा सूचक दुवैमा सुधार आएको छ । क्याण्डल स्टिकबाट नियाल्दा बजारमा आज अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ ।  

यसले आज बजारमा नाफा बुक पनि चलेको बुझिन्छ । आज बनेको शुटिङ स्टार भ्यालिड तथा इन्भ्यालिड दुवै हुन सक्छ । यदि आगामी कारोबारमा बजार आजको उचाई अर्थात २७६० विन्दुभन्दा माथि बन्द भएमा आज बनेको शुटिङ स्टार इन्भ्यालिड पनि हुनसक्छ । तर आजको न्यून विन्दु २७२५ भन्दा तल कारोबार भएको खण्डमा भने आज बनेको शुटिङ स्टार भ्यालिड हुन पनि सक्ने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस हिसाबले अबको बजारको अवस्था कस्तो भन्ने विषयमा आउने कारोबार महत्वपूर्ण रहेको छ । हाल सम्मको बजारलाई अन्य इन्डिकेटरबाट नियाल्दा भने बुलिस नै देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई पनि ६५ को तहमा बुलिस नै देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा भने बजार अप ट्रेन्डमा चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.