Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:18:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत ८ गते साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको फागुन ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले धरानमा रहेको गोर्खा होटलमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने, (हाललाई साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापकहरु मात्र योग्य रहेको) सेयर परिणत गरे पश्चात् कायम हुन आउने समूहगत सेयर संरचना अनुसार संस्थाको समूहगत सेयर स्वामित्व संरचना परिवर्तन गर्ने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप/संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.