बिहीबार, असार १९,२०८२ 11:13:43
  • बिहीबार, असार १९,२०८२ 11:13:43
Global IME Bank Limited

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह

Hyundai Nepal
कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह
Nabil Bank Limited

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजार सोमबार केही मिनेट मात्र खुलेर बन्द भएको छ ।  

नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।  

लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट ब्रेकर लगाइएको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यसपछि खुलेको बजारमा १ मिनेटमै ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।  

त्यसपछि खुलेको बजार तल झर्न मानेन । उछालको गति उस्तै रहेका कारण दोश्रो सर्किट ब्रेकर लगाई खुलेको एक मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो । फलस्वरुप नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबारका लागि कारोबार स्थगन गरिदिएको हो ।  

यसरी हेर्दा सोमबार बजारमा ६ मिनेट पनि कुल कारोबार हुन पाएन ।  

नेप्सेमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार भटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

के-के भयो बजारमा ?

छोटो समयका लागि कारोबार भएको आजको बजारमा कुल २३२ कम्पनीको सेयर कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २३० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटाको मात्र खटेको छ ।  

छोटो समय मात्र चलेको बजारमा ३७ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ ।  

यो दिन ३२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको तथा सर्किट लेभलमा मूल्य पुगेको छ ।  

जलविद्युत उपसमूहमा ८ प्रतिशत हाराहारीको उछाल आएको छ । बैंकिंग समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा ६.४१ प्रतिशत, जीवन बीमा, लगानी तथा वित्त समूहमा पनि ६ प्रतिशत बढीको उछाल आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.