काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४४.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर १२ करोड २५ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको कुल खर्च समेत बढेको छ । अघिल्लो आवमा ५ करोड १५ लाख रहेको कुल खर्च बढेर ५ करोड ३४ लाख पुगेको छ ।
कम्पनीको वित्त खर्च भने घटेको छ । वित्त खर्च ७ करोड ३० लाख रुपैयाँबाट घटेर ६ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।
यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ११ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.१९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४०.३० रुपैयाँ र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।