काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कष्ण दत्त भट्टाराई नियुक्त भएका छन् । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक भट्टराईलाई संस्थाको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो ।
यस्तै, सोही बैठकले संस्थाको रोशन रेग्मिलाई सञ्चालक र गोपाल अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । दुवै जनालाई वैशाख २२ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।