काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक उमा जोशी बोहराको कार्यकाल समाप्त भएको छ । वैशाख २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बोहराको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।
उनको कार्यकाल वैशाख २१ गतेदेखि समाप्त भएको संस्थाले जनाएको छ । बोहरा विसं २०७८ वैशाख २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकबाट सोही वर्षको वैशाख २१ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त भएकी थिइन् ।