मंगलवार, बैशाख २३,२०८२ 11:03:35
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 11:03:35
IME remit
Global IME Bank Limited

खेलाडीको टार्गेटमा लघुबीमा कम्पनी, सोझा फस्ने जोखिम उच्च !

Hyundai Nepal
खेलाडीको टार्गेटमा लघुबीमा कम्पनी, सोझा फस्ने जोखिम उच्च !
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा थोरै सेयर संख्या हुने कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको छ । विशेषगरी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ भएका कम्पनीको सेयर कर्नरिङ गरी मूल्य बढाउने र सोझा लगानीकर्तालाई भिडाएर उम्किने प्रवृत्ति हाबी छ ।  

लो क्यापमै गनिने लघुबीमा कम्पनीहरुको सेयरमूल्यमा पनि व्यापक चलखेल हुने आशंका बढेको छ । हाल नेप्सेमा तीन लघुबीमा कम्पनी सूचीकृत छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको बजारमा थोरै सेयर कित्ता मात्रै उपलब्ध रहेकाले चलखेल हुने सम्भावना देखिएको हो ।  

यतिबेला बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको निकै चर्चा छ । केही समयअघि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पनि बजारमा निकै चर्चा थियो र हाल पनि छ । गार्डियन माइक्रो लाइफको सेयर सूचीकृत भएपश्चात् लगातार १९ कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यसरी नै नेपाल माइक्रो इन्स्योरेन्सको सेयर पनि सूचीकृतपश्चात् लगातार १८ कारोबार दिन र क्रेष्ट माइक्रो लाइफको लगातार १६ कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको छ ।  

यसरी लगातार सेयरमूल्यमा सर्किट लाग्दा सोझा लगानीकर्ताहरु फस्ने जोखिम बढ्दै गएको छ । केही सेयर खेलाडीहरुले लघुबीमा कम्पनीको सेयर टुप्पोमा पुगेर सोझा लगानीकर्तालाई भिडाएर आफू उम्किन सक्ने सम्भावना देखिएको छ । यसबाट सोझा लगानीकर्ताहरुलाई खतरा बढ्न सक्ने देखिन्छ ।  

गार्डियन माइक्रो लाइफको सेयर गत माघ २७ गते नेप्सेमा सूचीकृत भएको थियो । लगातार सकारात्मक सर्किट लागेर उक्त कम्पनीको सेयर ५ सय प्रतिशतभन्दा धेरैले बढेको थियो ।  

त्यसरी, नेपाल माइक्रो इन्स्योरेन्सको पनि १८औं कारोबार दिनसम्म सेयरमूल्य ५०२ प्रतिशत र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य १६औं कारोबार दिनसम्म ४०२ प्रतिशतले बृद्धि भइसकेको छ ।  

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १९औं कारोबार दिनसम्म आइपुग्दा सेयरमा उतारचढाव देखिएको थियो । लगानीकर्तालाई फेक सेयर अर्डर देखाएर सेयरमा अत्यधिक माग रहेको देखाउने षड्यन्त्रले यसबाट सोझा लगानीकर्ताहरु सहजै फस्न सक्ने देखिन्छ ।  

लघुबीमा कम्पनीहरुको सेयरभाउ नियतपूर्वक बढाइएको हुन सक्ने लगानीकर्ताहरुले अनुमान लगाएका छन् । सेयर सप्लाई कम भएका कम्पनीमा सहजै चलखेल गर्न सहज हुने भएका कारण यतिबेला लघुबीमा कम्पनी खेलाडीहरुको मुख्य टार्गेटमा छन् ।  

वित्तीय अवस्था हेर्ने हो भने लघुबीमा कम्पनीको अवस्था सन्तोषजनक मात्रै देखिन्छ । हाल सूचीकृत लघुबीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको चित्त बुझ्दो देखिदैन । यता क्रेष्ट माइक्रो लाइफको वित्तीय अवस्था सार्वजनिक नभएपनि कम्पनीको व्यवसाय भनेजस्तो फस्टाउन सकिरहेको छैन ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले यतिबेला सेयर खेलाडीहरुको टार्गेटमा लघुबीमा कम्पनी रहेको बताए । बजारमा चर्चा र हल्लाकै पछि लागेर लगानी गर्दा डुब्ने सम्भावना रहने उनले बताए ।  

‘अहिले बजारमा लघुबीमा कम्पनीहरु चर्चामा छन् तर यसबाट सोझा लगानीकर्ताहरु डुब्न सक्ने जोखिम बढेको छ’ उनले भने, ‘विशेषगरी लो क्यापमा गनिने लघुबीमा कम्पनीको सेयर यतिउति पुग्छ भनेर हल्ला फैलाएर सोझा लगानीकर्तालाई भिडाउने सम्भावना बढ्दै गएको छ, यसमा स्वयं लगानीकर्ता आफैं सजग हुन जरुरी छ ।’

Muktinath Bikas Bank Limited

लो क्याप नै भएपनि अन्य कम्पनीहरुको तुलनामा लघुबीमा कम्पनीहरु केही हदसम्म राम्रो रहेको उनको तर्क छ । ‘लघुबीमा कम्पनीहरु अहिलेको समयमा लाभदायक नै हुन्छन्, बीमा सेवा प्रदान गर्न सञ्चालनमा आएका लघुबीमा कम्पनीहरु भविष्यका लागि राम्रा छन्’ उनले भने, ‘अहिले यी कम्पनीहरुको पूँजी कम भएपनि भविष्यमा शाखा सञ्जाल र व्यवसाय समेत बृद्धि गरी पूँजी बढाउने सम्भावना छ ।’

साथै सेयरबजारमा चलखेल भएका कम्पनीमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशेष निगरानी राख्नुपर्ने उनको भनाई छ । ‘पहिले वित्तीय अवस्था नाजुक भएका कम्पनीलाई धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन गर्न दिनुहुँदैन । कम्पनीको पूँजी, नेटवर्थ राम्रा कम्पनीलाई मात्रै स्वीकृति दिए बजारमा चलखेल कम भई यसबाट लगानीकर्ता पनि फस्न कम हुन सक्छ’ उनले भने, ‘साथै लगानीकर्ताहरुले पनि लगानी गर्नुअघि स्वअध्ययन गर्न जरुरी छ, यदि क्यापिटल गेन मात्रै लिने हो भने लगानीकर्ताले कम्पनीको अवस्थाको बारेमा अध्ययन गर्नैै पर्दछ यो लगानीकर्ताको दायित्व पनि हो ।’

त्यस्तै, अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लघुबीमा कम्पनीको सेयर सीमित भएकाले खेलाडीलाई चलखेल गर्न सहज हुन सक्ने बताए । ‘अहिले बजारमा लघुबीमा कम्पनीहरु चर्चाको केन्द्रमा छन्, कम पूँजी भएकाले सेयर कर्नरिङ गरी मूल्य बढाउन खेलाडीहरुलाई पनि सहज भएको छ’ उनले भने, ‘सेयर सप्लाई कम गरेर चलखेल गर्न सहज भएको छ, लगानीकर्ताहरु पनि मूल्य बढेको कम्पनीमै बढी आकर्षित हुँदा खेलाडीहरुलाई झनै सजिलो भएको छ ।’

बजारमा लो क्याप कम्पनीहरु बढी चल्दा लघुबीमा कम्पनीको सेयरमा पनि चलखेल हुन सक्ने सम्भावना उच्च रहेको उनको भनाई छ । ‘हल्लाकै भरमा सेयर किन्ने प्रवृत्तिले गर्दा सेयर खेलाडीहरुलाई अहिले चलखेल गर्न सहज भएको छ’ उनले भने, ‘कम पूँजी भएका कम्पनीको सेयरमा लाखौ कित्ता अर्डर देखाएर भाउ बढाउनेजस्ता खेल हुने गरेको छ, यसमा लगानीकर्ताहरु आफैं सजग बन्नुपर्दछ ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.