बुधबार, असार १८,२०८२ 11:10:24
  • बुधबार, असार १८,२०८२ 11:10:24
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, एकै दिन ८ क्याण्डल ‘इन्गल्फ’

Hyundai Nepal
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, एकै दिन ८ क्याण्डल ‘इन्गल्फ’
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लोपटक लगातार घटेको बजार आज उच्च अंकले बढेको छ । यो सँगै आज नेप्सेको चार्टमा ब्ुलिस मारुबुजु क्याण्डल बनेको छ । यदि नेप्सेको चार्टमा तल माथि कुनै पनि धागो ननिस्केको क्याण्डल बन्छ भने त्यसलाई मारुबुजु क्याडल भनिन्छ ।  

यस्तो क्याण्डल हरियो बनेमा बजारमा खरिद दबाब र रातो बनेको खण्डमा बिक्री दबाब परेको ब्ुझिन्छ । आज हरियो क्याण्डल बनेको कारण बजारमा खरिद दबाब रहेको बुझिन्छ । यसले सम्भावित रुपमा बजारमा अप ट्रृेन्ड लिन सक्ने बुझिन्छ ।  

यो क्याण्डलले यस अघिका ८ वटा क्याण्डललाई पूरै ढाकेको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डलाई पनि ब्रेक गरेर माथि लागेको छ । यदि आगामी दिनमा मध्य ब्याण्ड भन्दा माथि माथि टिकेमा बजारले माथिको यात्रा तय गर्न सक्ने बुझिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीमा यस अघि बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई करिब ओभर सोल्ड जोन ३५ को तहबाट फर्केर आज न्यूट्रल जोनमा पुगेको छ । पिभट् मार्फत नियाल्दा आज २६७३ विन्दुमा बन्द भएको बजारले आगामी दिनमा बढेमा २७०५,२७२६ र २७४७ मा प्रतिरोध सामना गर्न सक्ने देखिन्छ । त्यसैगरि यदि घटेमा भने बजारले २६४३,२६०२ र २५८१ मा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.