काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले यस्तो आग्रह गरेको हो ।
सेयरधनीहरुलाई सूचना प्रकाशित भएको १ महिनाभित्र संस्थाको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न भनिएको छ । तोकिएको मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख छ ।
नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको छ ।