बिहीबार, असार १९,२०८२ 04:42:57
  • बिहीबार, असार १९,२०८२ 04:42:57
Global IME Bank Limited

नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?

Hyundai Nepal
नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन समेत बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ४ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि ३ अर्ब ९६ करोडबाट बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म २ अर्ब ५२ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको कुल खर्च पनि १९.५५ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च ३ अर्ब ४८ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार ७६ करोड ४२ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको जगेडा कोषमा ७६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.९७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४८.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७.०६ रुपैयाँ र पिई अनुपात १९१.५० गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.