बुधबार, असार १८,२०८२ 08:21:16
  • बुधबार, असार १८,२०८२ 08:21:16
Global IME Bank Limited

सेयर बजार सुधारका लागि कार्ययोजना बनाउन जुट्दै सम्वद्ध निकायहरु,कस्ता–कस्ता विषय समेटिएलान् ?

Hyundai Nepal
सेयर बजार सुधारका लागि कार्ययोजना बनाउन जुट्दै सम्वद्ध निकायहरु,कस्ता–कस्ता विषय समेटिएलान् ?
Nabil Bank Limited

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको आगमनसँगै निजी क्षेत्र तथा पूँजी बजारमा आशाका तानाबाना बुनिन लागेका छन् । विषम परिस्थीतिका बाबजुत लगानीकर्ता र समग्र पूँजी बजारले मन्त्री पुनबाट ठूलो अपेक्षा राखेका छन् । मन्त्री पुनले पनि पूँजी बजारको सुधारका लागि आफू तत्पर रहेको सन्देश दिन खोजेका छन् ।  

यस अघिको अर्थमन्त्री जनार्दन शर्मा र प्रकाश शरण महत सेयर बजारप्रति अनुदार बन्दा नेपाली सेयर बजारले गति लिन सकेको थिएन । उनीहरुको अभिव्यक्ति र राष्ट्र बैंक सँगको सम्बन्धका कारण लगानीकर्ता त्रर्सित थिए । उनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।  

जसको तयारीमा यी निकायहरु जुटिसकेका छन् । सरोकारवाला पक्षहरुसँग सम्वाद तथा छलफल गरी पूँजी बजारको समस्या तथा तीनका साधानका उपायहरुका बारेमा निष्कर्षमा पुगी कार्ययोजना प्रस्तुत गर्ने तयारीमा सम्वद्ध निकायहरु लागि परेका छन् । यसलाई पूँजीबजार सुधारको लागि अर्थमन्त्रीले चालेको पहिलो कदमका रुपमा लिन सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारीले सबै पक्षसँग छलफल गरेर अगाडी बढ्ने बताए । अधिकारी भन्छन्‘म अफिसमा पनि छलफल गर्छु । सरोकारवालहरु ब्रोकर एसोसियसन , लगानीकर्ता तथा मर्चेन्ट बैंकरहरुसँग पनि छलफल गर्छु  । अर्थमन्त्रालयले नेप्से र सीडीएससी सँग पनि सुझाव मागेको छ । उनीहरुसँग पनि छलफल गरेर छुट्टाछुटै वा सामूहिक सुझाव पनि दिन सकिन्छ ।’  

त्यसै नेप्सेका पवक्ता मूराहरी पराजुलीले अर्थमन्त्री बर्षमान पुन अघिल्लो पटक अर्थमन्त्री हुँदा पनि यसरी नै कार्ययोजना मागिएको बताए । ‘त्यो  बेला पनि हामीले महिनै पिच्छे रिपोटिङ गरेक थियौ  यस पाली पनि कार्ययोजना मागिएको भनिएको छ । तर आज सार्वजनिक विदा परेको कारण पत्र हात परेको छैन । पत्रहात परे पछि हामीले सरोकारवालासँग आवश्यक छलफल गरेर सुझाव पेश गर्छौ ’पराजुलीले भने ।  

सीडीएसीका प्रमूख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले अर्थमन्त्रलयबाट यस बारेमा फोन मार्फत जानकारी प्राप्त भएको बताए । ‘तीन वटै निकायबाट छुट्टा–छुट्टै सुझाब मागिएको छ । हामीले  पनि यस बारेमा सरोकारवालासँग छलफल गछौं । त्यसता सुझावहरु निकाय अनुसार फरक फरक पनि हुन सक्छ । धितोपत्र बोर्डले नीतिसँग सम्बन्धित कार्ययोजना पेश गर्न सक्छ ।’उनले भने,‘नेप्सेले सञ्चालन प्रक्रियासँग सम्बन्धित रहेर दिन सक्ला । तर हामीले भने डीम्याट र आइटीसँग सम्बन्धित सुझाब दिन्छौं ।’

लगानीकर्ताहरुको सँख्या बढ्दै जाँदा आइटीको सिस्टम पनि अपग्रेड गर्दै जानु पर्ने भएकाले कार्ययोजनामा आइटीमा सुधारको विषय समेटिने आर्चायले बताए ।  

‘नयाँ उपकरणको पनि आवश्यकता छ । हामीले आइटीमा धेरै काम गरेको छौ र अझै गर्न बाँकी छ । लगानीकर्ताहरुले उठाउँदै आएका करको विषय पनि छ । मैले त करको दर भन्दा पनि दायरा बढाउनु पर्छ भन्छु । सरोकारवाला ब्रोकर र मर्चेञ्ट बैंकरहरु के भन्छन उनीहरुसँग सुझाब लिन्छौ  । लगानीकर्ताहरु संग पनि सुझाब माग्छौं । मूख्य विषय पुँजीबजारमा नीतिगत स्थिता पनि हो । त्यसमा हाम्रो जोड रहने छ ।’ उनले भने ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.