काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेर नै बन्द भयो । यो सँगै नेप्से लगातार पाँच करोबारमा १०८ अंकले बढ्यो । प्राविधिक रुपामा हालको बजारलाई सुपर ट्रेन्डबाट नियाल्दा चार महिनापछि आज बजार पहिलोपटक बुलिस बनेको छ ।
यस अघि नेप्से गत फागुन २५ गते सुपर ट्रेन्ड लाइनबाट तल खसेको थियो । यदि सुपर ट्रेन्डबाट मूल्य रेखाहरु तल झरेमा सुपर ट्रेन्डको लाइन रातो हुने गर्छ । जसले बजार बियरिस जाँदै गरेको बुझिन्छ ।
तर यस बिपरित यदि बजार सुपर ट्रेन्ड लाइनबाट मूल्य रेखाहरु माथि लागेमा बजार बुलिस मानिन्छ । यस्तो अवस्थामा सुपर ट्रेन्डको रंग पनि हरियो हुने गर्छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिन सक्ने मानिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा पनि पछिल्लो २ कारोबारमा बजार २० दिने औषत रेखा भन्दा माथि चल्न थालेको देखिन्छ । यसले पनि बजार बिस्तारै बुलिस यात्रामा चल्दै गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।