काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यही असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि गत असार ६ गते स्वीकृती पाएको थियो ।