सोमबार, असार ३०,२०८२ 01:40:33
  • सोमबार, असार ३०,२०८२ 01:40:33
Global IME Bank Limited

२८ सय विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
२८ सय विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । आज प्रि – ओपन सेसनमा करिब ३५ अंकले बढेको बजार अन्त्यमा २९ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित खुलेको बजारमा आज ‘इन्भर्टेड ह्याम्मर’ प्रकृतिको क्याण्डल बनेको छ । यसले आज दिनभर बढेको बजारमा अन्त्यमा बिक्री दबाब आएको बुझिन्छ ।  

आवरली बेसमा नियाल्दा पनि आज पहिलो प्रहरमा बढेको बजारमा अन्तिम प्रहरमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आज २७६० विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा आजको उचाइ अर्थात २८०० विन्दु भन्दा माथि बन्द भएमा बजार थप उचाईतर्फ लाग्न सक्छ ।  

Muktinath Bikas Bank Limited

त्यसैगरि, बजार ग्याप फिल गर्न आएको खण्डमा केही दिन साइडवेज पनि चल्न सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने पछिल्लोपटक नेप्सेमा २० दिनको औषत कारोबार भन्दा माथि कारोबार भएको देखिन्छ । यस हिसाबले आज बनेका इन्भर्टेड प्रकृतिको क्याण्डल बुल स्टार्टिङ इन्भर्टेड ह्याम्मर पनि हुन सक्छ ।  

यस अघि २ हजार ८० विन्दुमा पनि यस्तै प्रकृतिको क्याण्डल बनेपछि केही दिनको कन्सोलिडेसन पछि बजारमा एक हजार अंकको सुधार आएको देखिन्छ । यसकारण आजको यो क्याण्डल बुल स्टार्टिङ ह्याम्मर क्याण्डल पनि हुनसक्छ । आगामी कारोबारमा यदि बजार २८ सय विन्दु माथि लागेमा यसलाई थप पुष्टि गर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.