बुधबार, असार ३२,२०८२ 03:20:10
  • बुधबार, असार ३२,२०८२ 03:20:10
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कस्तो देखियो ‘मनी फ्लोमा’ ?

Hyundai Nepal
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कस्तो देखियो ‘मनी फ्लोमा’ ?
Shivam Cement

काठमाण्डौ । आज बजार करिब ३५ अंकले बढेर बन्द भयो । आजको कारोबारमा दिनभर नै बजार बढेर बन्द भयो भने अन्तिम प्रहरमा बजारमा खरिद दबाब पर्दा कारोबार र सूचक दुबै बढ्यो ।  

प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यदि तल माथि धागो बिनाको मोडुलो हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु क्याण्डल भनिन्छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ ।  

Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा अपर ब्याण्ड सँगै हिंडेको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । मनी फ्लो इन्डेक्सबाट हालको बजारलाई नियाल्दा हाल ६६ को तहमा बजार अप ट्रेन्डमा चलेको देखिन्छ । बढ्दो बजारमा यस्तो विन्दु सयसम्म पुग्न सक्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा चलेको देखिन्छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा बजार पछिल्लो ४ कारोबारदेखि २० दिनेको औषत कारोबार भन्दा माथि चलेको देखिन्छ । यसले बजार मजबुत रहेको बुझिन्छ । मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने तथा २०० दिने मुभिङ एभरेजबाट माथ नै चलेको देखिन्छ । यस हिसाबले बजारले बिस्तारै अप ट्रेन्ड  लिँदै गरको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.