काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र साउन २ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ८ बजे खोलिने छ ।
कम्पनीले गत असार २३ गतेदेखि ३० गतेसम्म २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको लकइनमा नरेहेका १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको लकइनमा रहेको ८० हजार २२२ कित्ता सेयर थियो ।
कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको । जसमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गरेको हो ।