बिहीबार, श्रावण १,२०८२ 10:25:49
  • बिहीबार, श्रावण १,२०८२ 10:25:49
Global IME Bank Limited

सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च

Hyundai Nepal
सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत अर्थात ७५.८४ अंकले बढेर २ हजार ८७०.६३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२९ प्रतिशतले बढेर ५००.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार एक वर्ष अर्थात गत वर्षको भदौ ११ पछिकै उच्च हो । गत वर्षको भर्दौ ११ गते  १८ अर्ब ६५ करोड बढीको कारोबार भएको थियो । 

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्,  ‘असारको क्लोजिङ सकिएका कारण आज बजारमा उछाल आएको हो । साउन तथा भदौलाई प्राय लगानीको सिजनको रुपमा समेत लिइन्छ । आज नयाँ र पुराना सबै लगानीकर्ता सक्रिय भएका कारण बजारमा राम्रो अंकको सुधार देखिएको छ ।’

यसका साथै अर्थ समितिले पनि राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाप्रति लचक हुन निर्देशन दिएका कारण पनि बजारमा सुधार आएको उनको बुझाई छ ।  

Muktinath Bikas Bank Limited

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले लामो समयपछि आज लगानीकर्ताकाक लागि सुखद दिन रहेको बताए । ‘लचक मौद्रिक नीति र लगानीकर्तामा बढेको आत्मविश्वासका कारण नेप्से परिसूचकमा हरियाली छाएको छ । बजारले सहजै २८ सय विन्दुको मनोवैज्ञानिक आधार पार गरेका कारण नयाँ उचाईको सम्भावना समेत रहेको छ ।’

कम्पनीहको चौथौ त्रैमासिक प्रतिवेदनले बजारको आगामी दिशा तय गर्ने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा उछाल आएको छ । अन्य समूह आज ५.३७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.८७, विकास बैंक २.०५, फाइनान्स ३.०६, होटल २.८०, हाईड्रो ३.१५, लगानी ३.३३, जीवन बीमा ३.१९, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.६७, म्युचुअल फण्ड ०.२४, निर्जीवन बीमा २.४० र व्यापार समूह १.९१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८४ करोड ४२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । यो दिन बुटवल पावरको पनि ६० करोड ६८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड ७४ लाख, सानिमा माई हाईड्रोको ४२ करोड ६१ लाख र ङादी ग्रुप पावरको ४१ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ट्रेड टावर,शुभम् पावर,थ्रीस्टार हाईड्रो र इष्टर्न हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य पनि आज ९.९० प्रतिशत, बाराही हाईड्रोको ९ र नेपाल पुनर्बीमा कम्पनीको ८.५३ प्रतिशतले बढ्यो ।  

आज एनआईबीएल स्टेबल फण्डको मूल्य सर्वाधिक अर्थात ७.५८ प्रतिशतले घट्यो । एनआईसी एशिया फ्लेक्सी फण्डको पनि ६.२१ र रिलायबल समृद्धि फण्डको ५.७४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X