काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख २१ गतेदेखि २५ गतेसम्म पहिलो चरणअन्तर्गत ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको थियो।
उक्त सेयर बाँडफाँड गरेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारणका लागि जारी आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युयर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमै दायित्व दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार २ गते र ढिलोमा असार ११ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

