काठमाण्डौ । यो साता सेयर बजार बढ्दा माइक्रो फाइनान्स र बैंकिङ समूहका लगानीकर्ता मालामाल भएका छन् । यो साता थ्रि स्टार हाईड्रो पावरका लगानीकर्ताहरुले सर्वाधिक आर्जन गरेका छन् ।
एक साताको अवधिमा यो कम्पनीका लगानीकर्ताले २२ प्रतिशत कमाएका छन् । यस्तै सम्पदा लघुवित्तका लगानीकर्ताहरुले १६ प्रतिशत , मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १५ प्रतिशत , बुटवल पावरका लगानीकर्ताले १४ प्रतिशत र एनआइसी एशिया बैंकका लगानीकर्ताहरुले १४ प्रतिशत कममाएका छन् ।
त्यसैगरि, इन्फिनिटि लघुवित्त , समता लघुवित्त , जिवन विकास लघुवित्त , फर्वार्ड माइक्रो फाइनान्स र कामना सेवाका लगानीकर्ताले १२÷१२ प्रतिशतको दरले आम्दानी गरेका छन् ।
