यी हुन् यो साता सर्वाधिक आर्जन गर्ने शीर्ष १० कम्पनी, एउटैबाट २६% सम्म कमाई
काठमाण्डौ । यो साता बजार १०८ अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यो साता उच्च आम्दानी गर्ने कम्पनीहरुमा जलविद्युत र विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताहरुले यो साता सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो एक साताको अवधिमा २६ प्रतिशत आर्जन गरेका छन् ।