आईतवार, श्रावण ४,२०८२ 08:46:57
  • आईतवार, श्रावण ४,२०८२ 08:46:57
Global IME Bank Limited

नेप्स परिसूचकमा झिनो सुधार, कारोबार झण्डै साढे २१ अर्ब

Hyundai Nepal
नेप्स परिसूचकमा झिनो सुधार, कारोबार झण्डै साढे २१ अर्ब
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३२ अंकले बढेर २ हजार ८७०.९५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.४९ प्रतिशतले घटेर ४९८.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको ५ करोड १५ लाख ९८ हजार ६२७ कित्ता सेयर २१ अर्ब ४२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत वर्षको भदौ २ पछिकै उच्च हो । गत वर्षको भदौ २ गते २८ अर्ब ८३ करोड बढीको सेयर कारोबार भएको थियो ।  

Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘विगत ३–४ दिनदेखि बढेको बजारमा आज नाफा बुक भएको छ । यसले बजारलाई थप मजबुत बनाएको छ । अहिले बजारमा माहोल सकारात्मक भएकाले बजारले छिट्टै पुनरागमन गर्नेछ ।’

आर्थिक वर्षको अन्त्यसँगै सरकारी ढुकुटी भरिएको र बजारमा तरलता फालाफाल भएका कारण बजारमा सामान्य करेक्सन आउदै अघि बढ्ने उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि बजारमा यतिबेला बुलको थालनी भएको बताए । उनले इन्ट्रा डे करेक्सन हुँदै सेक्टर रोटेशन भएको समेत बताए ।  

‘नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारमा नयाँ लगानी समेत आएको छ । यस्तै पुराना लगानीकर्ताले समेत लगानी बढाएका छन् । यस कारण बजारमा सकारात्मक सेन्टिमेन्ट छ ।’्

गजुरेलले पनि आज बजारमा इन्ट्रा डे करेक्सन भएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । आज अन्य समूहमा चमक देखियो । यो समूह आज ३.२० प्रतिशतले बढ्यो ।  

यस्तै होटल समूह १.१७, जीवन बीमा १.१७, म्युचुअल फण्ड ०.४३ र निर्जीवन बीमा समूह १.२७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.२२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.४५ प्रतिशत, विकास बैंक ०.२०,हाईड्रो ०.४४, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३८, लघुवित्त ०.३६ र व्यापार समूह ०.४५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ९८ करोड ५५ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ६४ करोड २७ लाख, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ६२ लाख,ङादी ग्रुप पावरको ५० करोड २६ हजार र सानिमा माई हाईड्रोको ४८ करोड ११ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उन्नती सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर,शिवश्री हाईड्रोपावर र विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सिटी होटल्सको सेयरमूल्य पनि आज ८.५० प्रतिशत,एनएलजी इन्स्योरेन्सको ७.५८ र नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य ७.४३ प्रतिशतले बढ्यो ।  

समृद्ध फाइनान्सको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ८.८८ प्रतिशतले खस्कियो । यो दिन दोर्दीखोला जलविद्युतको सेयरमूल्य ४.६१ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ४.५१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.